Breaking News

प्रधानाध्यापकको भनाई


विद्यार्थीको सिकाईमा पहिलो पाठशाला घरलाई स्थापित गर्न अभिभावकको महत्वपुर्ण भुमिका हुन्छ । अभिभावकको आफना छोराछोरीको सिकाइप्रति लगाव उपयुक्त भएको अवस्थामा शिक्षणमा थप टेवा पुग्ने देखिन्छ । 

समाजका फरक फरक समुदायवाट विद्यालयआउने विद्यार्थीहरुलाई समावेशी तथा समतामुलक सिकाइ नै अपरिहार्य हुने देखिन्छ । विद्यालय शिक्षालाई सिपमुलक व्यवसायीमुखी वनाउनको लागि शिक्षाको निति तथा उद्देश्य व्यवहारीक वनाउनआवश्यक हुन्छ । देशको राष्ट्रिय उद्देश्यअनुकुल शैक्षिक स्तरलाई गुणस्तरीय सावित गर्नको लागि शिक्षक,विद्यार्थी, अभिभावक र सरोकारवालाहरुको महत्वपुर्ण भुमिका हुन्छ । तिन पक्षमा एक पक्ष कमजोर भएमा शैक्षिक उद्देश्य पुरा नहुने देखिन्छ । 

विद्यालयमा सचेत अभिभावक तथा सरोकारवालाको चासो तथा सरकारको नियमित अनुगमनबाट शैक्षिक समस्या पहिचान गरि समाधान गर्न सबैको सकृयताको आवश्यकता पर्दछ । व्यवसायीकमुलक शिक्षाबाट विद्यार्थीहरु स्वाबलम्बी बनि पेशा व्यवसाय गर्न सकने हुन्छन् र युवा रोजगारको सृजना बढ्दै गएमा देश विकासमा थप टेवाहुने देखिन्छ साथै युवाहरु स्वरोजगार भएमा विदेश पलायन नभई देश विकासमा थप टेवा पुग्दछ । धन्यवाद!


कमल प्रसाद पौडेल

प्रधानाध्यापक

श्री जनकल्याण माध्यमिक विद्यालय

No comments