विद्यालयको बारेमा...
पौराणिक कालको विश्वमहायज्ञस्थल तथा पुलस्त्य, पुलह र विश्रवा ऋषिको तपोभूमि, ऐतिहासिक पर्वत राज्यको राजधानी डढेकोटदरबार गाजने तथा ढोलठाना दरबार एवं प्राकृतिक गुफा वरनाथमन्दिर र एक दर्जन हिमशिखर, आधा दर्जन विभिन्न जिल्लाहरुका साथै म्याग्दीका ६ वटै स्थानीय तहहरुसहित ३७ वटा गाउँहरु प्रत्यक्ष नांगो आँखाले देख्न सकिने सुरम्य केभहिलको डाँडाको काखमा अवस्थित समथरभूमि र मनमोहक गाउँ पुलाचौरमा जनकल्याण माध्यमिक विद्यालय अवस्थित छ ।
विद्यालय समाजको ऐेना हो । गाउँ कस्तो छ भनी विद्यालय हेरे पुग्छ पनि भनिन्छ । त्यसैले विद्यालय समाजको सानो रुप हो । समाज विकासका लागि शिक्षाको आवश्यकता र महत्वलाई मध्यनजर गर्दै, शिक्षाको विकासमा विद्यालयको गहन भूमिकालाई औंल्याउँदै, विद्यालयबाट प्रवाहित गुणस्तरीय शिक्षाले मात्र समाज र राष्ट्रलाई आवश्यक पर्ने जनशक्ति निर्माणको आधार एवम् मार्गचित्र निर्माण गर्न सक्दछ भन्ने विश्वव्यापी मान्यतालाई पछ्याउँदै, गुणस्तरीय शिक्षाका लागि आर्थिक तथा भौतिक रुपमा सम्पन्न र दक्ष तथा सीपले भरिपूर्ण शैक्षिक जनशक्तियुक्त विद्यालय नै पहिलो शर्त हो भन्ने मान्यता राख्दै विसं. २०१४ सालमा स्थापना भई जिल्लाकै शैक्षिक विकासमा अनवरत रुपमा योगदान दिँदै आएको म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा नं. ५, पुलाचौर स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले वि.सं. २०६४ असार ४ मा आफ्नो स्वर्ण जयन्ति र २०७४ सालमा हीरकजयन्ति समारोह मनाई यस विद्यालयले समयको काल खण्ड सगै विगत देखि वर्तमानको समयसम्म विकास र प्रगतिको पथमा अगाडी बढिरहेको छ ।
वि.सं. २०१४ साल बैशाख ३ गते साविक पुलाचौर–४ निवासी तत्कालीन समाजसेवी, शिक्षाप्रेमी व्यक्तित्वहरु मार्फत शिक्षा मन्त्रालयमा दिएको निवेदन अनुसार पुृला सिंगामा स्थापना गर्ने गरी स्वीकृत भएपछी यस विद्यालयको जन्म भएको हो । भौगोलिक स्थिती कम जनघनत्व र अन्य कारणले गर्दा सिङ्गामा विद्यालय नचल्ने भएकोले तत्कालिन व्यक्तित्वको प्रयासबाट पुलाचौरमा स्थानान्तरण गरी २०१४ साल असार ४ गते स्थापना भएको हो। शुरुमा यस विद्यालय पण्डित तारानाथ रेग्मीको घरमा सञ्चालन गरी प्रथम प्र.अ. गुरुशेखर जोशीबाट २०१४ साल असार ४ गते देखि अध्यापन सञ्चालन भएको थियो ।
विद्यालय समयको कालखण्डसँगै पुलाचौरको विभिन्न तत्कालिन समाजसेवी शिक्षाप्रेमी व्यक्तित्व घरहरुमा स्थानान्तरण हुँदै अर्धसरकारी रुपमा सञ्चालन भएको विद्यालयले वि.स. २०१७ साल फाल्गुण ३ गते पूर्ण स्वीकृत प्राप्त गरेको थियो । वि.स. २०१६ सालमा पुलाचौर निवासी श्रीदत्त सुवेदी र दिर्घ नारायण श्रेष्ठले अन्दाजी आधा रोपनी जग्गा दान स्वरुप प्रदान गर्नु भै सो जग्गामा पुलाचौर, पुलाडाँडा, नयाँगाउ, चिप्लेटी र डडुवाका बासिन्दाहरुको सहभागिता र चन्दा सहयोग रकमबाट चारकोठे २ भवन निर्माण गरी अध्यापन कार्य सञ्चालन गरिएको थियो ।
२०४० सालमा यस विद्यालयलाई नयाँ स्थानमा स्थानान्तरण गरी नयाँ सुविधा सम्पन्न भवन निर्माण कमिटीको अध्यक्ष डेक बहादुर बानियाँले गर्नु भएको थियो भने पुनः नयाँ भवन निर्माण गर्ने र जग्गा खरिद गरी विद्यालयलाई फराकिलो पार्ने कार्य र निजी स्रोतबाट विद्यालय सञ्चालन गर्ने कार्यमा सक्रियताकासाथ सहयोग पु¥याउने उल्लेखनीय कार्य तत्कालिन वि.व्य.स.का अध्यक्ष माधव प्रसाद रेग्मी, वि.व्य.स.का सदस्यहरु, तत्कालिन प्र.अ., अन्य शिक्षक, तत्कालिन वडा अध्यक्ष तुलसीराम सुवेदी, समाज सेवी ईन्द्र प्रसाद श्रेष्ठ, देउपुर्नेघाँटी पानी पँधेरा सामुदायिक वन लगाएत शिक्षा प्रेमी व्यक्तित्वहरुबाट भएको थियो। २०१४ साल देखी सञ्चालन भइरहेको प्रा.वि.लाई २०४३ सालमा नि.मा.वी. सञ्चालन गर्न तत्कालिन प्र.अ. यादब प्रसाद पौडेल लगाएतका शिक्षकहरु, तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद रेग्मी एवं तत्कालिन वि.व्य.स.का अन्य पदाधिकारीहरु, अभिभावक, देउपुर्नेघाँटी पानी पँधेरा सामुदायिक वन लगाएत विभिन्न संघसंस्था एवं शिक्षा प्रेमीहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको थियो।
यस विद्यालयलाई नि.मा.वि.बाट माध्यमिक सञ्चालन गर्नका लागि तत्कालिन वि.व्य.स. अध्यक्ष, अन्य वि.व्य.स. का पदाधिकारीहरु, तत्कालिन प्र.अ. लगाएत शिक्षकस्टाफहरु साथै विभिन्न व्यक्तिहरुको अतुलनिय योगदान रहेको थियो । तत्पश्चात २०६० सालमा विद्यालयलाई निजी श्रोतबाट सञ्चालन गर्ने चुनौती सामना गर्न आर्थिक श्रोत संचालन तथा भैलो सञ्चालन कार्यक्रम साथेै मा.वि.को अस्थायी अनुमति प्राप्त गर्न तत्कालीन व्यवस्थापन समिति र प्र.अ. लगाएत शिक्षकहरु, समाजसेवी एवंं वुद्धिजिवीबाट तत्कालिन समयमा मावि सञ्चलनार्थ आवश्यक धरौटी रकम रु १ लाख २५ हजार रुपैयाँ मात्र संकलनमा महत्वपूर्ण निर्वाह गर्नुहुने व्यक्तित्वहरु, देउपुर्नेघाँटी पानी पँधेरा सामुदायिक वन साथै विभिन्न संघसंस्थाहरुद्वारा अविस्मरणीय योगदान रहेको थियो ।
विद्यालयको आर्थिक, भौतिक र शैक्षिक पक्षको गुणस्तर बृद्धि एवं प्रगतिका लागि शिक्षा निती तथा ऐन को प्रावधान बमोजिम ९–१२ माध्यमिक रहने व्यवस्था अनुसार विद्यालयमा तत्कालिन वि.व्य.स. अध्यक्ष, सदस्यहरु, प्र.अ., शिक्षक, समाजसेवी, शिक्षाप्रेमी व्यक्तित्वहरुबाट कक्षा ११, १२ सञ्चालन गर्नका लागि मिति २०७५ साल चैत्रमा बेनी नगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट कक्षा ११ सञ्चालनको अनुमति ल्याई २०७६ बाट कक्षा ११ आरम्भ र २०७७ बाट कक्षा १२ आरम्भ गरि पठनपाठन कार्य सञ्चालन गरिएको छ । कक्षा ११, १२ सञ्चालनार्थ मिति २०७५ साल चैत्र १९ गते स्थापित जनकल्याण मावि अक्षयकोषको स्थापना एवं आर्थिक संकलन गरी विद्यालयमा महत्वपूर्ण योगदान रहेको छ । यसै गरी मिति २०७७÷९÷२४ गते भएको अभिभावक भेलाले गोपाल बानियाँको अध्यक्षतामा वि.व्य.स. गठन गरी विद्यालयको आर्थिक, भौतिक र शैक्षिक पक्षको गुणस्तर बृद्धि एवं प्रगतिका लागि जिम्मेवारी लिई विद्यालय सञ्चालनमा रहेको छ ।
धन्यवाद !
No comments