विद्यालयमा जिल्ला स्तरीय अन्तर मा. वि.(कक्षा ९-१२) वक्तृत्वकला प्रतियोगिता सम्पन्न...
जनकल्याण मा वि पुलाचौरमा जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल जनकल्याण माविले यहि जेठ २६ गते आयोजना गरेको कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग रहेको थियो । प्रतियोगितामा जामुनाखर्क मावि अर्थुङ्गेकी विनिता सुवेदी प्रथम, बेनी सामुदायिक मा विका अभिषेक पौडेल द्वितीय, प्रकाश मावि बेनीकी सिद्धिका पौडेल तृतीय र आयोजक विद्यालय जनकल्याण माविकी प्रज्ञा बानियाँले सान्त्वना स्थान प्राप्त गरेका थिए । बाल मैत्री स्थानिय शासन प्रवर्धनमा सरोकारवालाहरुको भूमिका विषयक वक्तृत्वकलामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँ सहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा म्याग्दी जिल्लाका संस्थागत तथा सामुदायिक गरी ९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
No comments